हेटौँडा । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणले मकवानपुर स्थायी घर भई काठमाण्डौँमा शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्दै आएका ब्यवसायी एवं समाजसेवि सरोज थापालाई गुमाएको छ । कोभिडसँग संघर्ष गर्ने क्रममै उनको ३८ बर्षको उमेरमा शुक्रबार काठमाण्डौँको पाटन अस्पतालमा निधन भएको छ ।

कोभिड १९ को संक्रमणका कारण अस्पतालमा भर्ना भएका थापाको फोक्सोमा समस्या देखिएपछी भेन्टिलेटरमा राखेर उपचारको क्रममा जेठ ८ गते शुक्रबार निधन भएको हो । २०३९ साल जन्मिएका थापा मकवानपुर हेटौडा ६ चौघडाका स्थायि बासिन्दा हुन् ।

निमास एजुकेशनका चेयरम्यान तथा लायन्स क्लब अफ काठमाडौं क्वेष्ट एभरेष्टका सस्थापक अध्यक्ष थापाको निधनले कन्सल्टेन्सी जगत र लायन्स क्षेत्रले ठुलो अभियानता गुमाएको छ भने मकवानपुरको तर्फबाट राष्ट्रिय पहिचान बनाएका सफल ब्यवसायी समेत गुमाएको छ । थापाको एकै परिवार भित्र उनका आमा तथा ठुलोबुबाको समेत कोरोना संक्रमणबाट निधन भएको छ । थापा पछिल्लो समय शिक्षा मन्त्रालयले टिआईटिआई मार्फत परामर्श व्यवसायीलाई प्रदान गर्ने तालिमको पशिक्षकको भूमिका निर्वाह गर्दै आएका थिए । उनको श्रीमति एक छोरी ११ बर्ष र छोरा ३ बर्ष छन् । उनको श्रीमती पनि सफल शैक्षिक परामर्श ब्यावसायी हुन् ।
हेटौँडाबाटै शैक्षिक परामर्श ब्यवसाय सुरु गरेका थापाका दाजुभाई हाल काठमाण्डौँमा रहेर सफल रुपमा परामर्श ब्यवसाय सञ्चालन गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here