मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुर शाखाले हेटौंडाको सहीद स्मारकमा पीकनिक तथा अन्तरक्रिया गरेको छ ।

कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक), मानव अधिकार समूह, हेटौंडाकी संयोजक चन्द्रावती पनेरुको प्रमुख आतिथ्य तथा मेची–महाकाली बुहारी संयुक्त आवाज मकवानपुरकी उपाध्यक्ष मन्जु फुयाँलको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुरकी सहसचिव बविता उदासले संस्थाले जिल्लाका गरेको कामको बारेमा जानकारी गराएकी थिईन् । मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुरकी सदस्य राधा सापकोटाले सहजिकरण गरेको कार्यक्रममा साधारण सदस्य दीपलक्ष्मी खरेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मुख्य कार्यालय झापामा रहेको मेची महाकाली बुहारी संयुक्त आवाज गतवर्ष मकवानपुरमा गठन भई क्रियाशील छ । सुस्मिता केशी हत्याकाण्ड लगायत महिलामाथि हुने हिंसा र भेदभाव विरुद्ध संस्थाले सशक्त रुपमा आवाज प्रस्तुत गर्दै आएको छ ।

तस्विर सौजन्य अशोक सुजन श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here