कतार/ कतार केन्द्रीय बैंक (क्यूसीबी) ले नयाँ नोटहरु सार्वजनिक गरेको छ । पाँचौ संस्करण अन्तर्गत बैंकले एक, पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सय रियालको नोट सार्वजनिक गरेको हो ।

केन्द्रीय बैंकले दुईसय रियालको नोट भने पहिलो पटक ल्याईएको हो । बैकले पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ नोट बारे जानकारी दिएको थियो । कतारको राष्ट्रिय दिवस अर्थात डिसेम्बर १८ शुक्रवारदेखि नयाँ नोटहरुको मान्यता लागू हुने बैंकले
जानकारी दिएकोे छ । बैकले सार्वजनिक गरेको नयाँ नोटहरु मध्ये दुई सय रियाल नयाँ थपिएको नोट हो ।
नयाँ नोटहरु नयाँ डिजाइनमा रहेका छन् भने उक्त नोटको अगाडि डिजाइनहरूले परम्परागत ज्यामितीय ढाँचा, कतार राज्यको झण्डा, कतार फ्लोरा (ड्रेमा) र ऐतिहासिक कतार वास्तुकलाको प्रतिनिधित्व गर्ने एक ओरन्टे गेटमा आधारित साझा विषयवस्तूहरु समावेश गरेका छन् । त्यस्तै नोटको पछाडिको डिजाइनमा कतारी परम्परा, इस्लामी इतिहास, संस्कृति, वनस्पति,जीवजन्तु, शिक्षा, खेलकुद र अर्थव्यवस्थाको विकास झल्काउने विषयवस्तुहरू समावेश छन् । यसअघिका पुरानो नोटहरु तीन महिना भित्र स्थानीय बैंकमा र त्यसपछि राष्ट्र बैंकमा साट्न सकिनेछ बताइएको छ ।

नयाँ नोटहरुमा ६४ सुरक्षाका उपायहरु राखिएको कतार क्यूबीसीका कार्यकारी निर्देशक मोहम्मद जसीम अल कुवारीले जानकारी दिएको कतारबाट प्रकाशित हुने गल्फ टाइम्सले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here