ललितपुरमा प्रदर्शनका क्रममा प्रहरी माथि आक्रमण गर्ने ९ जनालाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान थालेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार बिहीबार पक्राउ परेका ९ जनालाई हिरासतमा लिई विभिन्न मुद्दामा अनुसन्धान थालिएको हो।

पक्राउ पर्नेमा ललितपुर – १६ गावाहलका महेश बज्राचार्य, ११ का पृथबिन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवी शाक्य, १६ का रवीन शाक्य, महालक्ष्मी नगरपालिका – १ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी – ८ का श्याम श्रेष्ठ र काठमाडौं –१६ का यादवलाल कायस्थ छन्।

राईका उनका अनुसार संक्रामक रोग ऐन २०२०, कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरूद्धको कसुरमा उनीहरूलाई अनुसन्धान भइरहेको छ।

बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भीडले प्रहरी जवान घिमिरेलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here