अनिल पराजुली
१३ भदौ, हेटौंडा (29 August 2020)
दुबै मृगौलामा समस्या आएपछि मकवानपुरका एक युवाले आर्थिक सहयोगको याचना गरेका छन् । मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर ४ जुरेली निवासी ३३ बर्षीय रामकृष्ण बजगाईले दुबै मृगौलामा समस्या आएपछि आर्थिक सहयोगको याचना गरेका हुन् ।

२०७६ साल माघमा स्वास्थ्यमा समस्या आएपछि स्वास्थ्य परीक्षण गराउने क्रममा बजगाईको दुबै मृगौलामा समस्या भएको चिकित्सकले जानकारी दिएका थिए । ७ महिनादेखि उनी उपचारका लागि पाटन, कान्तिपुर, टिचिङमा धाइरहेका छन । हाल उनको काठमाडौं स्थित सुमेरु अस्पतालमा उपचार भईरहेको छ । बजगाइले हप्तामा २ पटक डाइलेसिस गर्नका लागि आइतवार र बुधवार अस्पताल जाने गरेका छन् । प्रत्येक हप्ता डाइलेसिस गर्नका लागि ३० देखि ३५ हजार रुपैयाँ खर्च हुने गरेको उनले जानकारी दिए । डाइलेसिस गर्न जानकै लागि हाल उनी काठमाडौंमा डेरा लिएर उपचार गराईरहेका छन् ।

बजगाई करिव ७ बर्ष बैदेशिक रोजगारमा गएर नेपाल फर्किएका थिए । उनले बहराइनमा ३ बर्ष र कुवेतमा ४ बर्ष होटलमा काम गरेर केही रकम आर्जन गरेका थिए । उनले बैदेशिक रोजगारमा गएर आर्जन गरेको करिव १४ लाख मृगौलाको उपचारमै खर्च भईसकेको जानकारी दिए । चिकित्सकले मृगौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको र प्रत्यारोपणका लागि कम्तिमा २५ देखि ३० लाख खर्च लाग्ने बताएका छन् । आर्थिक अवस्था कमजोर रहेको कारणले मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएपछि ३३ वर्षीया किशोर बजगाइले जीवन रक्षा गरिदिन सार्वजानिक अपील गरेका हुन । चिकित्सकका अनुसार उनको दुवै मिर्गौलाले काम गर्न छाडेका छन् ।

बजगाईलाई सहयोग गर्न चाहनेले आइएमइ ग्लोबल बैकको खाता नम्वर यू ५०७०१००००६५४ मा रकम जम्मा गर्न सक्नेछन् । उनलाई ९८६४३३९३०१, ९८६०२१८३३६,९८४९१४९१८५ मा सहयोग गर्नका लागि सम्पर्क गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here