अनिल पराजुली
१० भदौ, कतार (26 August 2020)
सार्वजनिक रुपमा नेपाली युवकले माफी मागेपछि कतारको साइबर क्राइममा दिइएको उजुरी फिर्ता लिइएको छ ।

मकवानपुर बकैया गाउँपालिकाकी उर्मिला थिङ्ग (नाम परिवर्तन) ले उदयपुर गाइघाटका चित्रबहादुर कामी (पुर्वेली कान्छो फेसबुक आइडी प्रयोग गर्दै आएको) बिरुद्ध ब्ल्याकमेलको आरोपमा कतारको साइवर क्राइममा दिएको उजुरी फिर्ता लिएकी हुन् । कामीले थिङ्गसंग माफी मागेका छन् भने आर्थिक कारोबार सम्बन्धी लेनदेन मिलाउने कागज समेत गरेका हुन् ।

फोन, भ्वाइस तथा सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल गर्ने, अपशब्द प्रयोग गरेर आफ्नो चरित्र हत्या गरेको भन्दै मकवानपुरे चेलीले कतारको साइवर क्राइममा उजुरी दिएकी थिइन् । पीडक कामीले सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको प्रति सार्वजनिक माफी माग्दै आफुबाट गल्ती भएको स्र्वीकार गरेका छन् भने अब यस्तो गल्ती नदोहा¥याउने भन्दै माफी मागेका हुन् । पीडक कामीले मकवानपुरे चेलीलाई प्रयोग गरि एउटै कम्पनीका अन्य महिला कामदारबाट पैसा ब्याज दिन्छु भनी लिएको रकममा आधा रकम फिर्ता गरेको र बाँकी रकम एक महिना भित्र फिर्ता गर्ने शर्तमा सम्बन्धित महिला कामदारहरुको नाममा कागज गरेका छन् ।

राष्ट्रिय मानव अधिकार समिति दोहा कतारको कार्यालयमा पीडित र पीडक दुबै पक्षबिच मिलापत्र पश्चात साइबर क्राइममा दिइएको उजुरी पीडित युवतीले फिर्ता लिएकी हुन् । राष्ट्रिय मानव अधिकार समिति दोहा कतारका प्रतिनिधि मोहम्मद रमजान अली मियाँ, बिश्वकर्मा समाजका सल्लाहकार पिताम्बर बिश्वकर्मा, मकवानपुर मिलन केन्द्र अन्तर्राष्ट्रिय समन्वय परिषद्का संयोजक सरोज पुडासैनी लगायतकाको उपस्थितीमा पीडित र पीडक पक्ष बिच मिलापत्र भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here