अनिल पराजुली
३० साउन, कतार (14 August 2020)
कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुर जिल्लाका ७८ जना परेका छन् । नेपाली राजदूतावास दोहा कतारले कतारबाट स्वदेश फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुर जिल्लाका ६ महिला सहित ७२ जना पुरुषको नामावली प्रकाशित गरेको छ ।

दूतावासद्वारा जारी सूचीमा मकवानपुर जिल्लाका १६ जना बेतलबी बिदामा, २७ जना कतार आइडी र भिसाको म्याद सकिएको र ३५ जनाले रोजगारी गुमाएको र श्रम करार अवधि समाप्त भएकाले उनीहरुलाई घर जाने सूचीमा राखिएको छ । २६ जुन देखि ११ अगष्ट २०२० सम्म दूतावासको सम्पर्कमा आएका तथा फारम भरेकाको सूची दूतावासले सार्वजनिक गरेको हो ।

यसअघि पहिलो र दोश्रो सूचीमा एकसय बढी मकवानपुरेको नाम प्रकाशित भएको थियो । हाल कतारमा मकवानपुर जिल्लाबाट करिव २२ हजार मकवानपुरे रोजगारीका लागि आएको अन्र्तराष्ट्रिय समन्वय परिषद् संयोजक तथा मकवानपुर मिलन केन्द्र दोहा कतारका संरक्षक सरोज पुडासैनीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here