अनिल पराजुली
३० साउन, कतार (14 August 2020)
कतारबाट नेपाल फर्किने ९ हजार ३ सय ८५ जना नेपालीहरुको सूची नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको छ ।

नेपाल फर्कनका लागि व्यक्तिगत रुपमा ५ हजार ७ सय ५७ जनाले फारम भरेका छन भने यहाँका कम्पनीले आफ्ना कामदार पठाउन ३ हजार ६ सय २८ जनाको विवरण दूतावासलाई बुझाएका छन् । २६ जुन देखि ११ अगष्ट २०२० सम्म राजदूतावासको अनलाईन फारम भरेका नेपालीहरुको नामावली दूतावासले प्रकाशित गरेको हो ।

दूतावासले प्रकाशित गरेको नामावली मध्येबाट प्राथमिकताका आधारमा स्वदेश फिर्ता पठाइने छ । यसअघि दूतावासले स्वदेश फर्कनै पर्ने व्यक्तिहरुको पहिलो नामावली १२ जुन र २५ जुनमा दोश्रो नामावली प्रकाशित गरेको थियो ।

कोरोनाको महामारी फैलिएपछि कतारबाट चार्टर उडान मार्फत ५ हजार नेपाली स्वदेश फर्केका छन् भने लकडाउन पश्चात विभिन्न कारणले मृत्यु भएका ४० नेपालीको शव समेत नेपाल पठाइएको दूतावासले जनाएको छ ।

कोभिडका कारण कतारमा हजारौं नेपालीहरुले रोजगारी गुमाएका छन् भने समयमै स्वदेश फर्कन नपाउदा उनीहरु थप पीडित बनेका छन् । लामो समय नियमित हवाइ उडान बन्द हुँदा यहाँ रोजगारी गुमाएर बसेका श्रमिकहरु समस्यामा रहेका छन् । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here