अनिल पराजुली
१० बैशाख, कतार (22 April 2020)

कतारमा रहेको अल मीरा सुपरमार्केटमा माक्स विना प्रवेशमा प्रतिबन्ध लगाइएको छ । अल मीरा सुपरमार्केटको कुनैपनि शाखामा माक्स नलगाइन ग्राहकहरुलाई प्रवेश रोक लगाईको हो ।

सामाजिक संजालमा सूचना जारी गर्दै अल मीराले अप्रिल २४ देखि यो नियम लागू हुने जनाएको छ । कोरोना भाइरसबाट बच्नका लागि किनमेल गर्ने ठाउमा सबै व्यक्तिहरु सचेत हुनुपर्ने जनाइएको छ । अल मीराले १२ बर्ष भन्दा कम उमेरका बच्चाहरुलाई प्रवेशमा पनि रोक लगाउने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here