कतार सरकारले आप्रवासी कामदारहरु संग हेल्थ (स्वास्थ्य) कार्ड नभएपनि निःशुल्क उपचार गरिदिने भएको छ ।

कामदारलाई कोरोना भाइरसको लक्षण देखिएमा यहाँको सरकारी अधिकारीले कामदारलाई अलग अर्थात सेल्फ क्वारेन्टाइनमा राख्नेछन् ।

कोरोना संक्रमित कामदारलाई मुकाइनिस क्षेत्रका केन्द्रहरुमा क्वारेन्टाइनमा राखिन्छ, त्यहाँ सबै आवश्यक उपचार, खाना, बस्न निःशुल्क उपलब्ध गराइएको छ । कतारमा रहेका सबै कामदारहरुलाई कतार सरकारले निःशुल्क उपचार गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here