हेटौंडा/प्रहरीले डाँका मुद्दामा फरार रहेका हेटौडा उपमहानगरपालिका वडा नं ५ बस्ने गोविन्द घिमिरेलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरबाट २०७२ साल जेठ २७ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र ६३,७५० रुपैया जरिवाना तोकीएकोमा फरार रहेका २७ बर्षीया घिमिरेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।

प्रहरीले घिमिरेलाई २०७६ साल पुष १८ गते अपराहन्न अन्दाजी २ बजेको समयमा बारा जिल्ला स्थित सिमराबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । घिमिरेलाई कैद भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here