बाल्यकालदेखि नै गीत गुन्गुनाउने बानी परेकी सिन्धुलीकी सिता गौतम २३ बर्षकै उमेरमा नाम चलेकी लोक तथा दोहोरी गायिकाका रुपमा स्थापित भएकी छिन ् । हेटौडा –१० बसपार्कमा रहेको हेटौंडा दोहोरी साझमा कार्यरत सिताको स्वरमा जादु नै रहेको बताउने पारखीहरु धेरै भईसकेका छन् ।


उसो त सिता पश्चिमी लोक भाका, काठे लोक भाका र पुर्बेली लोक भाकाका सबै खालका लोक दोहारी र एकल गायनमा समेत अब्बल छिन् । पुर्ब देखि पश्चिम सम्मका बिभिन्न मेला ,महोत्सबमा आफ्नो गायन प्रस्तुत गरिसकेकी सिता भन्छिन ः मेहनत र लगलशिलताले दोहारी क्षेत्रमा अगाडि बढिरहेको छु सबैले साथ र सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।


निकट भबिष्यमै आफ्नो पहिलो दोहोरी गीत रेकड गर्न लागिरहेकी सिता लोक दोहोरी लाई आफ्नो भबिक्ष्य भएको बताउन पछि पर्दिनन् । नेपालीको पहिचानका रुपमा रहेको लोक संस्कृतिलाई रक्षा र सम्बर्धन गर्न सबै लाग्नुपर्ने उनको तर्क छ ।


लोक दोहारी गायक वा गायिकालाई समाजले सम्मान गर्न नसकेको दुखेसो गदै सिता भन्छिन् ः लोक गित वा साहित्यको जगेर्ना गर्नू सरकार र नागरिक समाज सबैले आफ्नो कर्तब्य ठाने मात्र लोक संस्कृतिको बिकास हुन सक्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here