नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड हेटौंडा आइपुगेका छन् ।

उनी सरासर मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवास पुगेर मुख्यमन्त्री, ३ नं. प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जम्मकट्टेलसँग गोप्य छलफलमा जुटेका छन् । चितवनबाट हेटौंडा हुँदै २ नम्बर प्रदेशतर्फ जाने तयारीमा रहेका अध्यक्ष प्रचण्ड हेटौंडास्थित मुख्यमन्त्री पौडेलको निवासमा पुगेका हुन् ।

अहिले उनी आन्तरिक छलफलमै रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here