हेटौंडा/हेटौंडा जेसीजको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत आईतबार बक्तृत्वकला प्रतियोगिता भएको छ ।

आइतबार भएको विकास र परिवर्तनका लागि नेतृत्व विषयक बक्तृत्वकलामा हेटौंडा स्कूल अफ म्यानेजमेन्टकी समृद्धि देव प्रथम भएकी छिन् ।प्रथम भएसंगै देवले नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरिन् । त्यसैगरी प्रतियोगितामा मकवानपुर बहुमुखी क्याम्पसका सुष्मा पुडासैनी दोस्रो र हेटौंडा स्कूल अफ म्यानेजमेन्टकी रोदिना थापा तेश्रो भएका छन् दोस्रो भएकि पुडासैनीले नगद ४ हजार र तेस्रो स्थान हासिल गरेकि थापाले ३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

हेटौंडा जेसीज वर्ष २०१९ का अध्यक्ष सन्देश डिसीको अध्यक्षता तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रतियोगिताको निर्णायकको रुपमा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, गजल मञ्च मकवानपुरका उपाध्यक्ष सीएम रिमाल र हेटौंडा जेसीजका पूर्व अध्यक्ष बासु न्यौपाने रहेको जेसीज सप्ताह मूल कार्यक्रम समितिका संयोजक दिपेश जोशीले जानकारी दिएका। प्रतियोगितामा जिल्लाका ४ वटा क्याम्पसका २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here