सुपरहिट फिल्म ‘चपली हाइट’को दोस्रो सिक्वेल ‘चपली हाइट ३’ निर्माण हुने भएको छ ।

मंगलबार काठमाडौंको बुङमतिस्थित कार्य विनायक मन्दिरमा फिल्मको मुर्हूत गरिएको छ । स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गरेर गरिएको मुर्हूतमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अभिनेता आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ, निर्माता अर्जुनकुमार, निर्देशक निकेश खड्का लगायतको उपस्थिति रहेको थियो ।

फिल्म अर्जुन कुमारले निर्माण गर्न लागेका हुन् । यस अगाडि निर्माण भएका ‘चपली हाइट’ को दुबै सिरिज पनि अर्जुनले नै निर्माण गरेका थिए । अघिल्ला दुई फिल्मभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको निर्माता अर्जुनले बताए । फिल्ममा सस्पेन्स र थ्रिल बिषयवस्तु कथाको रुपमा उठाउन लागेको उनले सुनाए ।

कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको आफ्नो क्यारेक्टरलाई लिएर आफै कन्फ्यूजनमा रहेको बताइन् । उनले सस्पेन्स थ्रिलर फिल्म आफ्ना लागि नौलो जनारा भएकोले एक्साइटेट र डर दुबै भएको बताइन् ।

‘चपली हाइट’ मार्फत पर्दामा देखिएका हेटौंडाका कलाकार अमिर गौतमले आफ्नै हिट फिल्मको सिरिज खेलन पाउँदा खुसी लागेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here