दोहा, कतार/रिदम कला केन्द्र दोहा कतारको आयोजनामा सिङगिङ एण्ड डान्सिङ्ग स्टार रियालिटी शो २०१९ हुने भएको छ ।

कला र संस्कृतिको जगेर्ना गरौं, आफ्नो प्रतिभालाई अगाडि बढाऔं भन्ने मुल उद्देश्यका साथ कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

अडिसनमा भाग लिनका लागि आयोजकले ८ देखि २० सेप्टेम्बरसम्म फर्म भर्ने मिति सार्वजनिक गरेको छ । गोरखा, मन्डला, रोयल, लालीगुँरास र होराईजन रेष्टुरेण्टबाट अडिसनमा सहभागि हुन इच्छुकले फर्म लिन सक्ने आयोजकले जनाएको छ ।

नृत्यमा बिजेता हुनेलाई नेपाली ५५ हजार ५ सय ५५, उपबिजेतालाई ३३ हजार ३ सय ३३ रुपियाँ र गायनमा बिजेता हुनेलाई नेपाली ५५ हजार ५ सय ५५, उपबिजेतालाई ३३ हजार ३ सय ३३ रुपियाँ पुरस्कार व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार सेप्टेम्बर २७ मा पहिलो तथा अक्टोबर २५ मा दोश्रो अडिसन हुनेछ । कार्यक्रमको फाइनल १५ नोभेम्बर २०१९ मा हुनेछ ।

कार्यक्रमको अन्तिम निर्णायकका लागि नेपालबाट चर्चित कलाकारहरु समेत आउने आयोजकले जानकारी दिएको छ । हाल कार्यक्रम संयोजकका रुपमा युवराज छन्त्याल र गजेन्द्र मल्ल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here