सेक्सको मामला महिला पुरुषको फरक चाहना र शैली हुन्छन् । महिलाहरू सेक्स गर्दा केहि समय बिताउन चाहन्छन तर पुरूषहरु १५ मिनेटमै सेक्स सुरु गर्न चाहन्छन । एक अध्ययनका अनुसार महिला पुरुषको सेक्स समय र त्यसको असरले महिला तथा पुरूषमा सन्तुस्टीको कारण निकै तनाव पूर्ण हुन्छ ।

यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेका छन् । अध्ययनले देखाइएको अनुसार महिलाहरु सेक्समा भेराइटी चाहान्छन् तर भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य छ ।

यौनसम्पर्क गर्दा कतिपय पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ । महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको अध्ययनले जनाएको छ । महिलाहरू सेक्सको मामलामा बढी सवेदनशील हुन्छन ।

करिब एक हजार महिलाहरुमा गरिएको सोध अनुसार महिलाहरु प्रेमको लागि मात्र सेक्स गर्दैनन् । उनीहरु पुरुषहरुको राम्रो साथ पाउन, आत्मविश्वास बढाउन, घरमा आफ्नो हक जमाउन र टाउको दुखाईबाट पार पाउनका लागि सेक्स गर्न रुचाउँछन् ।

यति मात्र होइन, मनोवैज्ञानिकहरुले आफ्नो किताबमा भनेका छन् कि महिलाहरु धेरैपटक फिट र ह्यान्सम पुरुषरुलाई छोडेर तालुखुइले र राम्रोसँग खुट्टा टेक्न नसक्नेलाई पनि आफ्नो लाइफ पार्टनर बनाउने गर्दछन् । यसको कारण हो उनीहरुको कमाइ, घरलाई सहारा दिने क्षमता र विश्वास हुने गर्दछ ।

शोधका अनुसार महिलाहरु आफ्नो साथीलाई डार्भिनको थ्योरी ‘सरभाइभल अफ फिटेस्ट’ को आधारमा छान्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here