नायिका शिल्पालाई पर्याे फसाद उच्च अदालतद्वारा अन्तरिम आदेश जारी गर्न अस्विकार

0
40

जिल्ला अदालत काठमाडौंले निर्देशक छबि राज ओझा र नायिका पोख्रेल विरुद्ध बहुविवाहको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि त्यसविरुद्द शिल्पा उच्च अदालत पुग्नु भएको हो ।

न्यायाधीशद्दय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको इजलाशले शिल्पाको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको हो ।

पोख्रेल गत साउन १६ मा निषेधाज्ञाको मुद्दा लियर उच्च अदालत पाटन पुग्नुभएको थियो । उच्चको यो आदेशपछि छवि र शिल्पालाई पक्राउ गर्ने कानुनी बाटो झन बलियो बनेको छ ।

निर्देशक ओझाकी पहिलो पत्नी हेमा ओझाले गत साउन ८ मा छबि र शिल्पाविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्नुभएको छ । त्यसपछि जिल्ला अदालत काठमाडौंले दुवैविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here