चीन, कश्मीरी जनता र पाकिस्तानकाे पक्षमा

0
17

चीनका विदेशमन्त्री वाङ यीले चीन कश्मीरमा न्यायको पक्षमा रहेको बताएका छन् ।चीन भ्रमणमा रहेका पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीसँगको भेटपछि वानले कश्मिरको विषयमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको प्रस्ताव तथा भारत र पाकिस्तानबीच भएको सम्झौताका पक्षमा रहेको बताएका हुन् ।चीनले भारत र पाकिस्तानबीच भएको सिमला सम्झौताको विषयलाई उठाएको हो । सन् १९७२ मा कश्मीर विवादको समाधान द्वीपक्षीय वार्ताको माध्यमबाट गर्ने गरी सिमला सम्झौता भएको थियो ।

भारतले कश्मीरलाई विशेषाधिकार दिने संविधानको धारा ३७० को हटाएपछि कश्मिरका विषयमा भारत र पाकिस्तानबीच त*नाव बढेको छ । भारतीय कदमको चीनले यसअघि नै आ*पत्ति जनाइसकेको छ । कश्मीरका विषयमा भारतसँग त*नाव बढेसँगै पाकिस्तानी विदेशमन्त्री चीनको भ्रमणमा गएका हुन् । चिनियाँ विदेशमन्त्रीसँगकाे भेटपछि ट्विट गर्दै पाकिस्तानी विदेशमन्त्री कुरेसीले कश्मिरको मु*द्दामा बेइजिङको साथ पाकिस्तानले पाएको बताएका छन् ।यसैबीच केही जि*हादी समूहले भारत प्रशासित काश्मिरको स्वायत्तता अन्त्य गर्ने भारतको निर्णयको जवाफमा जि*हाद (क्रा*न्ति) का लागि अपील गरेका थिए ।

यी समूहहरू प्रायः पाकिस्तानमा संरक्षित छन् ।चाखलाग्दो कुरो त के छ भने कश्मीरमा रहेका जि*हादी समूह र त्यहाँका समाचार च्यानलहरूबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यसको एक कारण भारत सरकारले सो काश्मीरउपत्यकामा सारा इन्टरनेट सेवाहरू पूर्णरूपमा रो*क्नु पनि हो भन्ने बिबिसी हिन्दीले लेखेको छ ।इ*स्लामिक स्टे*ट ग्रुप (आ*ईएस) र अ*लका*यदालाई समर्थन गर्ने धेरै प्रो-जि*हादी खाताहरूले मे*सेजिंग एप टेलिग्राममा दोहोइरहेका छन् कि भारत र पाकिस्तान दुवैले कश्मीरका जनतालाई धो*का दिए । त्यहाँ भित्रभित्रै जनतामा आक्रोश र असन्तुष्टिको ज्वा*ला द*न्किरहेको हुन सक्छ, जो केवल क्रान्तिले मात्रै कश्मीर वि*वाद समाधान गर्न सक्छ भन्ने निष्कर्षमा पुगेका हुन सक्छन् ।

पाकिस्तानमा रहेका धेरै ‘हा*ई प्रोफाईल’ क*ट्टरपन्थी समूहहरूले भारतको पछिल्लो कदमप्रति क*डा प्रतिक्रिया दिएका छन् । भारतमा पटकपटक ठूला आ*क्रमणहरूमा संलग्न रहिआएको जैश-ए-मोहम्मद समूहले भनेका छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले काश्मिरका विशेष शक्तिहरूको अ*न्त्य गरेर हा*र स्वीकारेका छन् ।’एक सन्देशमा उक्त समूहका प्रमुख म*सूद अजहरले भनेका छन्, ‘मुजाहिद्दीनले जिहादको एक अध्याय पूरा गरिसकेको छ भने कश्मीरमा जिहादको दोस्रो चरण सुरु भइरहेको छ ।’अल का*यदा र आ*ईएस दुबैका समर्थकहरूले कश्मीरमा शरिया कानुन लागू गराउन र कश्मीरलाई भारत र पाकिस्तान दुबैबाट ‘स्वतन्त्र’ बनाउनका लागि हतियार उठाउन समेत आह्वान गरेका छन् । (एजेन्सीहरुकाे सहयाेगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here