हेटौंडा/हेटौंडाकी डान्सर सन्ध्या आचार्य नेपाल टेलिभिजनको छमछमी सिजन ४ को उत्कृष्ट १२ भित्र परेकी छिन् ।

छनौट चरण देखि नै उत्कृष्ट नृत्य कला प्रस्तुत गर्दै आएकी आचार्यको अबको यात्रा भोटिङबाट सुरु हुनेछ । उनको नृत्यलाई मन पराउनेले उनलाई भोट गर्न अगष्ट ३ अर्थात १८ शनिबार देखि खुल्ला हुनेछ ।

शनिबार देखि उनलाई एस.एम.एसबाट भोट गर्न मिल्छ । उनलाई भोट गर्न मोबाईलको मेसेज बक्समा गएर ऋऋ लेखी एक स्पेश छोडेर उनको भोटिङ कोड ०८ लेखि ३१००९ मा पठाउनुपर्ने हुन्छ । मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत उनी राम्रो एथलेटिक खेलाडी समेत हुन । उनले भोट गरेर सहयोग गर्नुहुन सबैलाई आग्रह समेत गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here