आँचलकी अध्यक्ष अप्सरा तिम्सिनाको निधन

0
58

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष अप्सरा तिम्सिनाको निधन भएको छ । चितवनमा उपचार गराईरहेको उनको गएराती निधन भएको हो । २०३२ सालमा जन्मिएकी उनी मकवानपुरे साहित्यमा चर्चित अनुहार समेत हो । एक हप्ता अघि घरको बाथरुममा लडेर समान्य घाईते भएकि उनलाई जरो आउने तथा जिउ गल्ने समस्या भएपछि उपचारको लागि भरतपुर लगिएको थियो ।

मकवानपुरको लोकप्रिय साहित्यक सस्थाको रुपमा रहेको साहित्य संगम मकवानपुरको उपाध्यक्ष समेत भैसकेकी उनले कथा तथा कविता संग्रह गरि दुईवटा पुस्तक समेत प्रकाशित भएको छ ।

उनको निधन पत्याउनै नसकिने घटना भएको साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताए । उनको निधनले मकवानपुरे साहित्य क्षेत्रमा ठुलो क्षति पुगेको उनको भनाई रहेको छ । उनको आजै हेटौँडामा दाहासस्कार गरिने समेत बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here