जानी जानी मुटुमा हान्यौ तीर तिमीले |
बीच बाटोमै छाडेर गयौ आखिर तिमीले ||

जहाँ गएनी घृणाको उपहार मात्र पाउछु |
उठाएर हिड्नै दिएनौ यो शिर तिमीले ||

अब त आसुको तलाउमा बाच्न सिक्दैछु |
जति दिन सक्छौ अझै देउ पिर तिमीले ||

सानै देखि दुख कष्टमा हुर्किए म अभागी |
फेरी सहनै नसकिने दियौ जन्जिर तिमीले ||

संगै जिउने मर्ने बाचा त झुटो रहेछ है “रीतु” |
अर्कैको हातबाट लाएर गयौ अबिर तिमीले ||

औसीको रातमा इन्द्रमान आत्मा
हेटौडा-१५ शिखरपानी मकवानपुर नेपाल .
2076/3/13

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here