प्रेमका प्रत्येक शृङ्खला सार्है मन पर्यो
भन्नु हुन्थ्यो मक्ता, मतला सार्है मन पर्यो ।।

कागजको कारागारमा कैदि बन्यो शब्द
सुनायो मसिले फैसला सार्है मन पर्यो ।।

प्रेमको झै प्रसंसा गर्नु हुन्न राजनीतिमा
सधै गर्नु हुन्छ हमला सार्है मन पर्यो ।।

थोरै श्रिङ्गार्नु भयो शब्दमा शब्द जोडेर
हजुरको यो लेख्ने कला सार्है मन पर्यो ।।

यसरी लिनु भयो यि अक्षर बाट पनि
आफ्ना शत्रु संग बदला सार्है मन पर्यो ।।

सुजन घिमिरे
राप्ती नगरपालिका–२, चितवन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here